Sunday, January 10, 2016

How to Manage Time With 10 Tips That Work


Chances are good that, at some time in your life, you've taken a time management class, read about it in books, and tried to use an electronic or paper-based day planner to organize, prioritize and schedule your day. "Why, with this knowledge and these gadgets," you may ask, "do I still feel like I can't get everything done I need to?"
The answer is simple. Everything you ever learned about managing time is a complete waste of time because it doesn't work.
Before you can even begin to manage time, you must learn what time is. A dictionary defines time as "the point or period at which things occur." Put simply, time is when stuff happens.
There are two types of time: clock time and real time. In clock time, there are 60 seconds in a minute, 60 minutes in an hour, 24 hours in a day and 365 days in a year. All time passes equally. When someone turns 50, they are exactly 50 years old, no more or no less.
In real time, all time is relative. Time flies or drags depending on what you're doing. Two hours at the department of motor vehicles can feel like 12 years. And yet our 12-year-old children seem to have grown up in only two hours.
Which time describes the world in which you really live, real time or clock time?
The reason time management gadgets and systems don't work is that these systems are designed to manage clock time. Clock time is irrelevant. You don't live in or even have access to clock time. You live in real time, a world in which all time flies when you are having fun or drags when you are doing your taxes.
The good news is that real time is mental. It exists between your ears. You create it. Anything you create, you can manage. It's time to remove any self-sabotage or self-limitation you have around "not having enough time," or today not being "the right time" to start a business or manage your current business properly.
There are only three ways to spend time: thoughts, conversations and actions. Regardless of the type of business you own, your work will be composed of those three items.
As an entrepreneur, you may be frequently interrupted or pulled in different directions. While you cannot eliminate interruptions, you do get a say on how much time you will spend on them and how much time you will spend on the thoughts, conversations and actions that will lead you to success. 
Practice the following techniques to become the master of your own time:
  1. Carry a schedule and record all your thoughts, conversations and activities for a week. This will help you understand how much you can get done during the course of a day and where your precious moments are going. You'll see how much time is actually spent producing results and how much time is wasted on unproductive thoughts, conversations and actions.
  2. Any activity or conversation that's important to your success should have a time assigned to it. To-do lists get longer and longer to the point where they're unworkable. Appointment books work. Schedule appointments with yourself and create time blocks for high-priority thoughts, conversations, and actions. Schedule when they will begin and end. Have the discipline to keep these appointments.
  3. Plan to spend at least 50 percent of your time engaged in the thoughts, activities and conversations that produce most of your results.
  4. Schedule time for interruptions. Plan time to be pulled away from what you're doing. Take, for instance, the concept of having "office hours." Isn't "office hours" another way of saying "planned interruptions?"
  5. Take the first 30 minutes of every day to plan your day. Don't start your day until you complete your time plan. The most important time of your day is the time you schedule to schedule time.
  6. Take five minutes before every call and task to decide what result you want to attain. This will help you know what success looks like before you start. And it will also slow time down. Take five minutes after each call and activity to determine whether your desired result was achieved. If not, what was missing? How do you put what's missing in your next call or activity?
  7. Put up a "Do not disturb" sign when you absolutely have to get work done.
  8. Practice not answering the phone just because it's ringing and e-mails just because they show up. Disconnect instant messaging. Don't instantly give people your attention unless it's absolutely crucial in your business to offer an immediate human response. Instead, schedule a time to answer email and return phone calls.
  9. Block out other distractions like Facebook and other forms of social media unless you use these tools to generate business.
  10. Remember that it's impossible to get everything done. Also remember that odds are good that 20 percent of your thoughts, conversations and activities produce 80 percent of your results.

Tuesday, April 7, 2015

सफलता के हो ‍- भाग्यको खेल कि कर्मको प्रतिफल ?

         
सन्दर्भ पारस, प्रचण्ड र बि. पि. को 


पारस राजपरिवारमा जन्मिए – यो उनको भाग्यको परिणाम थियो । किनकि त्यहाँ जन्मनको लागि उनले केहि पनि गरेका थिएनन् ।


प्रचण्ड प्रधानमन्त्री भए – यो उनको कर्मको परिणाम थियो । किनकि उनी कुनै राजनीतिक परिवारमा जन्मेका थिएनन् । पारसले ठुलै भाग्य बोकेर ल्याएता पनि उनले त्यसलाई जोगाउन सकेनन् । किनकि उनले आफ्नो भाग्य जोगाउने खालको कर्म गरेनन् ।


प्रचण्डले जन्मदा भाग्यहिन जीवन पाएका थिए । उनीसँग न त नाम र दाम थियो न त शक्ति र सत्ता नै । तर उनले कठोर कर्म गरेर आफ्नो भाग्यको निर्माता आफै बने । यदि उनले पुरुषार्थ नगरेको भए सारा मान्छे जस्तै गुमनाम हुन्थे । भाग्यहिन भएर जन्मेका भाग्यहिन भएरै मर्थे ।


पारस नेपालको सबैभन्दा शक्तिशाली, वैभवशाली र सम्पन्न परिवारमा जन्मने सौभाग्य पाएका थिए तर त्यहि भाग्य कै कारण उनी उदण्ड भए । नेपाली जनताको आँखाबाट खस्न पुगे ।


मान्छे सफल वा असफल भाग्यले होइन कर्मले हुन्छ । यदि कोहि भाग्यले केहि कुरा प्राप्त गर्छ भने पनि त्यो क्षणिक हुन्छ । अतः सफलता भाग्यको खेल होइन कर्मको प्रतिफल हो ।


प्रचण्ड भाग्यहिन गरिब परिवारमा जन्मे र यो नै उनको लागि सौभाग्य भयो । किनकि उनले आफ्नो गरिबि र भाग्यहिनताको स्थितिबाट प्रेरणा लिई भाग्य निर्माणको कठोर बाटो ठम्याए ।
पारसको भाग्य ठुलो थियो तर कर्म ‍- तुच्छ । प्रचण्डको भाग्य सानो थियो तर कर्म - महान । भाग्यमा मात्र घमण्ड गर्ने पारस पुरै असफल भए र सिंहासन गुमाए भने कर्ममा विस्वास गर्ने प्रचण्ड सफल भए र सिंहासन कमाए ।

अतः हिजो गरेको कर्म नै आजको भाग्य वा दुर्भाग्य हुन्छ भने आज गरेको कर्म नै भोलिको भाग्य वा दुर्भाग्य हुन्छ । अब कुरा गरौँ - बि. पि. कोईरालाको । उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री । उनको यो सफलता भाग्यको नभएर साहसपूर्ण कर्मको नतिजा थियो । २००७ सालपूर्वको कर्मले उनलाई शक्तिशाली प्रधानमन्त्री बनायो भने २०१७ सालमा सत्ताच्युत भए पछिको कर्मले उनलाई पूनः त्यो सफलता दिन सकेन ।
फेरि प्रचण्ड कै कुरा गरौँ – उनका २०६४ पूर्वका कर्मले उनलाई गणतान्त्रीक नेपालको प्रथम प्रधानमन्त्री बनाएको थियो । र आज उनी जे कर्म गर्छन भोलि त्यहि बन्छन ।

निष्कर्ष – मान्छे सफल वा असफल भाग्यले होइन कर्मले हुन्छ । यदि कोहि भाग्यले केहि कुरा प्राप्त गर्छ भने पनि त्यो क्षणिक हुन्छ । अतः सफलता भाग्यको खेल होइन कर्मको प्रतिफल हो । यदि जीवनमा सफलता चाहानुहुन्छ भने आजैबाट असल कर्म गर्न थाल्नुहोस तपाईलाई सफलताले आजैदेखि पच्छाउन थाल्नेछ ।

सफलताका महत्वपूर्ण आधार तथा सुत्रहरु

                                        
      हामी सबै आफ्नो जीवनमा सफलता चाहान्छौ । सबैलाई जित्न चाहान्छौ । आफ्ना ईच्छा र चाहानाहरु पूरा गर्न चाहान्छौ । हाम्रा हर प्रयास र गतिविधिहरु कुनै न कुनै क्षेत्रमा, कुनै न कुनै ठाउँमा र कुनै न कुनै कुरामा सफलता प्राप्त गर्ने नै हुन्छन । 

हामी मध्ये कोहि पैसा कमाउन सफल हुन चाहान्छौ होलि; कोहि व्पापार, कोहि राजनीति, कोहि जागिर त कोहि समाजसेवामा सफलता प्राप्त गर्न चाहान्छौ । जे होस हाम्रो ईच्छा, चाहाना र उद्देश्य फरक-फरक होला तर हामी सबैको प्रयास भनेको कसरी सफलता प्राप्त गर्ने भन्ने नै हुन्छ । 

मान्छे अनैतिक र नकारात्मक कुराको पछि लागेर जीवनको एउता खुट्किलोमा त सफल होला , उसको एउटा चाहाना त पूरा होला तर अन्तत ऊ असफल नै हुन्छ । ‘नहुदा एउटा पिर भए पछि दश वटा पिर’ भनेझै मान्छलाई अनैतिक र नकारात्मक बाटोबाट पाएको सफलताले झन ठुलो असफलता भोगाउँछ ।

मान्छको प्रवृत्ति र अहिलेको उपभोगबादी संस्कारले गर्दा अहिलेका धेरै मानिसहरु रातारात धनि बन्ने चाहानेले गर्दा कोहि कालोबजारी गर्न सफल हुने, कोहि चोरि डकैति गर्न त कोहि आजको भोलि लोकप्रिय हुने र कोहि रातारात सर्वसक्तिमान बन्न सफल हुने चाहाना पनि राख्छन । यस्ता नकारात्मक र अनैतिक तवरबाट सफल बन्न चाहाने मान्छे पनि धेरै हुन्छन । तर के वास्तबमा ऊनीहरु साच्चै सफल हुन्छन त ? तपाईलाई लाग्ला – कोहि मानिसले रातारात धनि हुने चाहाना राखेको थियो र ऊ विभिन्न हत्कण्ठा अपनाएर, कालोबजारी गरेर, ढाटरे छलेर, धनि भयो । अनि तपाई भन्नुहोला ऊ सफल भयो त । तर होईन गहिरिएर विचार गर्नुहोस त के ऊ साच्चै सफल भयो त ? अँह ऊ केहि धनसम्पति जम्मा पार्न सफल भयो होला तर ऊ वास्तबिक जीवनामा झन असफल भएको हुन्छ । किनकि उसले रातारात धनि हुन गरेका विभिन्न हर्कतले उसलाई चैनको सास फेर्न दिएको हुदैन, उसको मन भतभति पोलेको हुन्छ, ऊ रातमा निद न दिनमा भोक प्यास भएको हुन्छ । ऊ भौतिकरुपमा सम्पन्न भएर पनि मानसिकरुपमा साह्यै दरिद्र बन्न पुग्छ । ऊ भित्रीरुपमा निक्कै कमजोर भएको हुन्छ । के तपाई यसलाई सफलता प्राप्त गरेको भन्न सक्नुहुन्छ ? अहँ यो सफलता हुदै होइन । यो त केवल एउता भ्रम हो । हामी यस्तै भ्रमको पछि लागेको हुदा वास्तबिक सफल हुन सकिराखेका छैनौ । मान्छे अनैतिक र नकारात्मक कुराको पछि लागेर जीवनको एउता खुट्किलोमा त सफल होला , उसको एउटा चाहाना त पूरा होला तर अन्तत ऊ असफल नै हुन्छ । ‘ नहुदा एउटा पिर भए पछि दश वटा पिर ’ भनेझै मान्छलाई अनैतिक र नकारात्मक बाटोबाट पाएको सफलताले झन ठुलो असफलता भोगाउँछ । 
त्यसो भए जीवनमा वास्तबिक सफलता पाउन के गर्नु पर्छ त ?  एउटा लडाई होइन सिङ्गो युद्ध जित्ने उपाय के छ त ? आउनुहोस मान्छेलाई साच्चै सफलता दिलाउने केहि आधार र सुत्रहरुको चर्चा गरौः- 


सफलता प्राप्त गर्ने केहि आधार तथा सुत्रहरुः

१. महान लक्ष्यको निर्धारण 
२. दृढ संकल्प 
३. सकारात्मक दृष्टिकोणको निर्माण 
४. सु-स्पष्ट कार्ययोजना 
५. निरन्तर संर्घष 
६. असल चरिच 
७. कल्पनाशक्ति 
८. राम्रो सङ्गत 
९. लेखन

      माथिका यि ९ वटा कुरा सफलताका महत्वपुर्ण आधार तथा सुत्रहरुको स-विस्तार चर्चा गरौ कसरी दिलाउने रहेछ यि कुराहरुले सफलता - 

१. महान लक्ष्यको निर्धारण -‍  भनिन्छ लक्ष्य नभएको मानिस बाँदर जस्तै हुन्छ । हुन पनि हो कहाँ पुग्ने ? के गर्ने भन्ने कुनै लक्ष्य नै छैन भने हिड्नुको के अर्थ हुन्छ र । फुटबल खेल्दा जति नै राम्रा खेलाडी भए पनि जति नै मेहनतले खेले पनि यहि गोलपोस्ट भएन भने के होला ? प्रष्ट छ – गोल हुदैन । गोल नभए पछि फुटबल खेल्नुको के अर्थ ? हो हाम्रो जीवनमा मा लक्ष्य पनि यस्तै कुरा हो । लक्ष्यले मानिसलाई के गर्ने ? कहाँ पुग्ने भनेर बाटो देखाउछ । अनि लक्ष्य भएर मात्र पनि हुदैन । महान लक्ष्य हुनुपर्छ । गलत र निकृष्ट लक्ष्यले          मानिसलाई पतन गराउँछ । महान लक्ष्य भनेको आकासै छुनु, धरति उलटपुलट पार्नु मात्र होइन । महान लक्ष्यमा नैतिकता, इमानदारिता र त्याग हुनु पर्छ । अत महान लक्ष्य बनाउदा धन – सम्पति र शक्तिलाई होइन ज्ञान – गुण, नैतिकता, इमानदारिता र त्यागलाई प्राथमिकता दिनुपर्छ । 

                  महान लक्ष्यमा नैतिकता, इमानदारिता र त्याग हुनु पर्छ ।

२. दृढ संकल्प  - हामीले आफ्नो महान लक्ष्यको निर्धारण गरिसके पछि त्यसलाई हर – हालतमा पूरा गरिछाड्ने दृढ संकल्प राख्नु पर्दछ । मान्छे महान लक्ष्य लिएर पनि विभिन्न कारणहरु लोभ – लालच, अधैर्य, अल्छिपन, कायरपन र द्धैध मनस्थितिका कारण आफ्नो लक्ष्यबाट हट्न सक्छ । त्यसैले आफ्नो महान लक्ष्यलाई जस्तो सुकै परिस्थितिमा पनि पूरा गरेरै छाड्छु भन्ने दृढ संकल्प चाहिन्छ । दृढ संकल्प बिनाको लक्ष्य पुरा हुन सक्दैन । 

३. सकारात्मक दृष्टिकोणको निर्माण – आनि छोइङ डोल्माको एउता गित छ – ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार ।’ यो गितले सफलतामा मानिसको दृष्टिकोणको के अर्थ र महत्व राख्छ भन्ने कुरालाई प्रष्ट पार्दछ । वास्तबमा हामी संसारलाई जस्तो आँखाले हेर्छौ – त्यस्तै पाउछौ । हाम्रो संसारलाई हेर्ने दृष्टिकोण सहि छ भने हामी सहि नै देख्छौ र सहि र असल नै गर्छौ । यदि संसारलाई हेर्ने दृष्टिकोण गलत छ भने हामी पनि अन्तत गलत नै हुन पग्छौ । यसर्थ सफलताको लागि हाम्रो दृष्टिकोण सहि हुन जरुरि छ । हार्वड विश्वबिध्यालयका विलियम जेम्स भन्छन “ मेरो पुस्ताको सबभन्दा ठुलो खोज भनेकै आफ्नो दृष्टिकोण परिबर्तन गरेर जीवनामा सकारात्मक परिबर्तन ल्याउन सक्छन भन्ने हो । ”

४. सु-स्पष्ट कार्ययोजना – सफलता प्राप्त गर्नको लागि उद्देश्य निर्धारण भए सगै त्यलाई कसरी – कसरी पूरा गर्ने भनेर सु-स्पष्ट कार्ययोजना पनि बनाउनु पर्छ । भनिन्छ – कुनै पनि कामको राम्रो सुदुवातले नै ५० प्रतिशत सफलता पाउने निश्चित हुन्छ । वास्तबमा हामीले राम्रो लक्ष्य बनाएर पनि सु-स्पष्ट कार्ययोजना बनाउन सकिएन भने हामीले सोचेको र चाहेको भन्दा धेरै फरक पनि हुनसक्छ । सु-स्पष्ट कार्ययोजना बिनाको लक्ष्य बीच – बीचमा तोडमोड हुने भएकाले त्यो स्वत हामीले चाहे ‍भन्दा फरक हुन्छ । त्यसैले हामीले कुनै पनि कुरामा सफलता प्राप्त गर्नको लागि दुरदर्शी र सु-स्पष्ट कार्ययोजना बनाउनु पर्छ । 

५. निरन्तर संर्घष – यहाँ एउटा व्यक्तिको चर्चा गरौँ – जसले २१ बर्षको उमेरमा व्यापारमा घाटा खाए । २२ बर्षको उमेरमा संसदिय चुनाब हारे । २४ बर्षको उमेरमा फरि व्यापारमा फर्के र फेरि घाटा खाए । २६ बर्षमा आफ्नो पत्नि गुमाए । २७ बर्षमा आफ्नो मानसिक सन्तुलन गुमाए । ४५ बर्षको उमेरमा उपराष्ट्रपतिको चुनाबमा हारे । ४९ बर्षमा फेरि संसदिय चुनाबमा हारे र आखिरमा ५२ बर्षको उमेरमा अमेरिका जस्तो शक्तिशाली देशको राष्ट्रपतिमा बिजय भए । ऊनी को हुन ठम्याउनु भयो ? ऊनी हुन अब्राहम लिंकन । जो अहिले सम्म पनि प्रजातन्त्रको पर्याय बनेर संसारभर परिचित छन । हो यहि हो निरन्तर संघर्ष भनेको । जस्तो सुकै असफलताका बाबजुत पनि आफ्नो लक्ष्यबाट भाग्न हुदैन । सफलता हाम्रै हातमा छ । तपाई हामीले अहिले बालिरहेको बल्व बनाउन कति पटक प्रयास गरे होलान - थोमस एल्वा एडिसनले ? तपाई भन्नुहोला १० पटक तर गलत । फेरि भन्नुहोला ५० पटक, फेरि गलत । अब भने अलि कड्किएरै भन्नुहोला – के त्यसो भए १०० पटक त ? पुरै गलत । किनकि ऊनीले बल्व बनाउन ९९९९ पटक असफल भएर १०००० पटकमा बल्वको आविस्कार गरेका थिए । के तपाई कल्पना गर्न सक्नुहुन्छ ९९९९ ! हो यो हो निरन्तर संघर्ष । 

६. असल चरिच – चरित्र मानिसको सबैभन्दा ठुलो हतियार हो । तपाईसँग असल चरित्र छ भने तपाईलाई कसैले पनि हल्लाउन त के चलाउन पनि सक्दैन । तपाईको असल चरित्रले तपाईलाई सदा सहि बाटोतिर डोर्‌याई रहेको हुन्छ । असल चरित्रले लोभ – लालच र स्वार्थलाई ईन्कार गर्छ र मानिसलाई लक्ष्यमा केन्द्रित बनाउछ । 

७. कल्पनाशक्ति – संसारमा जे जति अपत्यारिला आबिस्कारहरु भएका छन् ती सबै कल्पनाशक्ति कै उपज हुन् । आज जतिपनि आबिस्कारहरु भएका छन्, यदि कुनै दिन ती कुरा संभब छ भनेर कसैले कल्पना गरेको हुदैन थियो भने निश्चित हो कि यि कुनै पनि कुराहरु आज हुने थिएनन् । हो त्यसैले कल्पनाशक्ति कै कारण ठुला – ठुला सफलता हासिल भएका छन् । त्यसैले आफ्ना हरेक लक्ष्य प्राप्तिमा कल्पनाशक्तिको भरपुर उपयोग गर्नु पर्दछ । सफलता हासिल गर्नुहोस । 

  सफलता भनेको लडाईमा विजय पाउनु मात्र होइन, सिङ्गो युद्ध 
जित्नु हो ।

८. राम्रो सङ्गत – एक जना दार्शनिकले भनेका छन् – “ तपाईले नियमित सङ्गत गर्ने ३ जना साथिको बारेमा बताउनुहोस म तपाईको भविष्य सजिलै बताईदिनेछू । ” भन्नुको मतलब के हो भने आफुले नियमित सङ्गत गर्ने साथि जस्ता छन् आफु पनि त्यस्तै होइन्छ । नेपालीमा एउटा उखान पनि छ – ‘ संगत गुणाको फल ।’ हो वास्तबमा हामी जस्तो कुराको संगत गर्छौ हामी पनि त्यस्तै हुन्छौ । किनकि हामीलाई त्यहि कुराको तन – मनमा बानि परेको हुन्छ । त्यसैले सफलताको लागि हामीलाई राम्रो संगतको आवश्यकता पर्दछ । 

९. लेखन – धेरै अनुसन्धानबाट निस्किएको एउटा तथ्य के हो भने - अधिकांश सफल हुने मानिसले आफ्ना मनका कुरालाई लेख्ने गरेको पाईनु । वास्तबमा लेखनले कसरी मानिसलाई सफल बनाउन सहयोग गर्छ भनेर हेर्दा के पाइयो भने - जसले आफ्नो मनका कुराहरु लेखेर पढ्छ, उसले आफुले – आफुलाई चिन्न सकेको पाइयो । आफुलाई बुझ्न सकेको पाईयो र उसले म आफु कहाँ निर कसरी चुकेँ भनेर ठम्याउन पनि सकेको पाईयो । हो यहि कारणले गर्दा मानिसहरु आफ्नो जीवनमा सफल हुदारहेछन । यसर्थ आफ्ना मनका कुराहरु नियमित लेखेर पढ्नाले पनि सफलतामा ठुलो सहयोग गर्ने रहेछ । 

माथिका यि ९ वटा कुरा सफलताका महत्वपुर्ण आधार तथा सुत्रहरु हुन । यसका साथसाथै उचित खानपान, व्यायाम, साहस, आत्म सुझाब, आफ्नो लक्ष्यलाई सम्झाउने इन्डिकेटर र सरल जीवनशैली जस्ता कुरा हरुले पनि सफलता प्राप्त गर्नमा ठुलो सहयोग गर्छन । 








के हो बास्तविक सफलता ?

                                                          

“सफलता भनेको असफल नहुनु मात्रै होइन, सफलता भनेको त आफुले संकल्प गरेका उदेश्यहरु हासिल गर्नु हो । सफलता भनेको लडाईमा विजय पाउनु मात्र होइन, सिङ्गो युद्ध जित्नु हो ।”
                           - इड्विन सी. ब्लिस 

सामान्यतया मानिसहरुले धनसम्पति कमाउनु, नोकर चाकर राख्नु र अरुलाई आफ्नो पक्ष र वशमा राख्नुलाई सफलता ठान्दछन । तर सफलता यो भन्दा धेरै भिन्न कुरा हो । माथी इड्विन सी. ब्लिसले भनेझै सफलता भनेको लडाईमा विजय पाउनु मात्र होइन, सिङ्गो युद्ध जित्नु हो । 
यहाँ हामीलाई लडाई र युद्धमा के फरक छ भन्ने कुरामा अलमल नहोस भनेर यी दुई बीचको फरक छुट्याउन आवश्यक ठान्दछु । 
युद्ध भनेको दुई वा दुईभन्दा बढि विशाल मतभेदबीचको द्धन्द्ध हो । अर्थात दुई परस्पर विरोधी विचारबीचको टकराब हो भने लडाई भनेको यस्ता मतभेद र परस्पर विरोधी विचारबीच कुन सहि र गलत हो भनेर छुट्याउन गरिने ससाना घटनाक्रम हो । जुन निर्णायक हुदैन । जस्तो किः महाभारतको कथामा पाण्डव र कौरवबीचमा सत्य र असत्यबीचमा ठुलो युद्ध भयो । ऊनीहरुबीच धेरै मतभेदहरु थिए । दुवैले आफ्नो कुरा सत्य सावित गर्न धेरै वादबिवाद, लडाई र झगडा गरे । एक अर्काको खुब खण्डन गरे, विभिन्न हत्कण्ठाहरु अपनाए । लाखौ करोडौँ मारिए । यसरी कयौ पटकका तर्क बितर्क, बादविबाद, झगडा, लडाई र आन्दोलनले अन्तत द्धन्द्धको समाप्ति भयो । र समग्र युद्धको हार जीतको छिनोफानो भयो । 

सफलता भनेको कुनै जादुगरि होइन । कुनै चिठ्ठा पर्नु पनि सफलता होइन, न त कुनै भाग्यकै उपज हो सफलता । बरु सफलता त निरन्तर गरिने सकारात्मक कामको परिणाम हो । 


यहाँनेर बुझ्नु पर्ने कुरा के छ भने त्यो लामो र विशाल युद्धमा थुप्रै पटकका तर्क बितर्क, बादविबाद, झगडा, लडाई र आन्दोलनमा कौरवहरुले पनि जितेका थिए । पाण्डवहरुलाई बाच्न र टिक्न पनि धौ - धौ पारेका थिए । कौरबहरुले अब संसार हाम्रोमात्र हो भन्ठानेर विजय उत्सव मनाएका थिए । तर कौरबहरुले कयौ पटक जित्ता जित्तै पनि अन्ततः समग्र युद्ध ऊनीहरुले हारे र पाण्डबहरुले जिते । अनि कौरबहरुको अस्तित्व बिलाएर गयो र पाण्डबहरु आजसम्म पनि सत्य र जितको प्रतिक बनेर रहिरहेका छन । 
हो यो घटनाबाट यो प्रष्ट हुन्छ कि लडाई भनेको एउटा अंश वा टुक्रा हो भने युद्ध भनेको पुर्ण भाग हो । भन्नुको मतलव के हो भने हामी मानिस पनि आफ्नो जीवनका स-साना प्राप्तिलाई नै सफलता ठान्छौ र त्यहि साना कुराको पछि लागिरहन्छौ । जस्तो कि हामीलाई जीवनमा पैसा कमाउनु , घर बनाउनु , जागिर खानु र मान्छेलाई आफ्नो पक्ष र वशमा पार्नुलाई नै जीवनको सफलता ठान्छौ र त्यहि पाउनलाई जस्ता सुकै हर्कत पनि गर्छौ र साम, दाम, दण्डभेद सबै गरेर भए पनि त्यो कुरा पाउन मरिहत्ते गर्छौ । तर अन्ततः हामी ती सबै कुरा पाएर पनि चिन्तित हुन्छौ, दुःखि हुन्छौ, राति सुत्न सक्दैनौ, मन भतभति पोल्छ र सारा जिन्दगी बर्बाद बनाउछौ । हो हामीले जीवनमा पैसा कमाउनु , घर बनाउनु , जागिर खानु मात्र सफलता होइन । यी त जीवनका स-साना पाप्ति हुन । यसरी हामीले चाहे जस्ता धेरै प्राप्ति पाएर पनि हामी बास्तविक सफल हुन सक्दैनौ । किनकि माथि भनेझै सफलता भनेको लडाई जित्नु मात्र होइन युद्ध जित्नु हो । 

तपाई जीवनमा सफल बन्न चाहानुहुन्छ भने असल काम गर्दै जानुस । हरक्षण आफुलाई आफ्नो चेतनाले चलाउनुस । आफुमा बिस्वास र धैर्यता कायम राख्नुस ।

त्यसो भए के हो त सफलता ? अब हामी गम्भिरतापूर्वक मनन गरौ । माथिका सन्दर्भहरु नियालौ । जस्तो कि पाण्डबहरुले सारा सम्पति जुवाको नाममा गुमाउनु पर्यो,  १२ बर्षसम्म बनवास र गुप्तबासको सामना गर्नु पर्यो । कहिले बिष त कहिले आगोको नियोजित सामना गर्नु पर्यो । यसरी सारा दुःख कष्ट र आपत्तिको बावजुत पनि थुप्रै पटक हार्दा हार्दै पनि समग्र युद्ध ऊनीहरुले नै जिते । हो यहि हो सफलता पनि । सफलता भनेको कुनै जादुगरि होइन । कुनै चिठ्ठा पर्नु पनि सफलता होइन, न त कुनै भाग्यकै उपज हो सफलता । बरु सफलता त निरन्तर गरिने सकारात्मक कामको परिणाम हो । 
जीवनमा सफलता हासिल गर्न गाह्रो पनि छैन र सजिलो पनि छैन । तपाई जीवनमा सफल बन्न चाहानुहुन्छ भने असल काम गर्दै जानुस । हरक्षण आफुलाई आफ्नो चेतनाले चलाउनुस । आफुमा बिस्वास र धैर्यता कायम राख्नुस । तपाई स्वतः सफल बन्नुहुनेछ । नेपालीमा एउटा उखान छ ‘ दुःख पछिको सुख राम्रो हुन्छ तर सुख पछिको दुःख राम्रो हुदैन । सफलता पनि यस्तै कुरा हो । लामो त्यागले तपाईलाई ठुलो सफलता दिलाउछ । तपाई साँचो रुपमा सफल हुन चाहिरहनु भएको छ तर तपाईको प्रयास असफल भयो भने चिन्ता नगर्नुहोस । किनकि तपाईलाई त्यहि असफलताले नै सफलता प्राप्त गर्न सिकाउँछ । तर वास्तबिक सफलताको वास्ता नगरि तपाई कुनै कुरा पाउनको वा जित्नको लागि गलत प्रयास गरिरहनु भएको छ र सबै कुरा तपाईले भने जस्तै भयो भने पनि तपाई अन्ततः असफल नै हुनुहुनेछ । 
तपाई पनि आफ्नो जीवनको आजै मूल्याङ्कन गर्नुहोस । तपाईका हर गतिबिधि र सारा प्रयासहरुले तपाईलाई सफल बनाउदै छ कि असफल ? थाहा पाउनुहोस । किनकि सफलता भनेको लडाई जित्नु मात्र होईन युद्ध जित्नु हो । तपाईलाई लडाई जितेको भ्रमले युद्ध जितिन्छ भन्ने लागेको हुन सक्छ । तर कहिल्यै त्यस्तो हुदैन किनकि धेरै लडाई जितेर पनि युद्ध हार्न सकिन्छ तर युद्ध जितिने निश्चित छ भने लडाई हारेर पनि केहि हुदैन । त्यसैले युद्ध जितिने निश्चित हुने खालका प्रयास गर्नुहोस – सफलता तपाईकै हातमा हुनेछ ।